ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारले स्विकार गरेन

  हिमाल समाचार
147 Shares

काठमाण्डौ – सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।

तर सरकारले भने ट्रान्सपरेन्सीको यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित मनोगत धारणाबाट अभिप्रेरित छ ।

सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।’

उनले अघि भनेका छन्, ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यसमा आवद्ध व्यक्तिहरुको दलीय अवद्धता, स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्नेमा विश्वास गर्न सकिन्न ।’

सरकार विरोधीेहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारेको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनमाथि प्रश्न उठाउँदै सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारको प्रगति नचाहने, सरकारविरोधी एक हजार व्यक्तिलाई लिएको छ, त्यो पनि टेलिफोनबाट ।’

बचाउका लागि अस्वीकार गरेको प्रतिवेदनमै साहारा

रोचक त के छ भने सरकारले आफ्नो बचाउका क्रममा आफैंले अस्वीकार गरेको भनिएको ट्रान्सपरेन्सी इन्टरनेसनलकै त्यही प्रतिवेदनको साहारा लिएको छ ।

अध्ययनमा सहभागीमध्ये ८४ प्रतिशतले विकासको काममा भ्रष्टाचार बाधक रहेको देखाउनुले पनि नेपाली जनता भ्रष्टाचारको सन्दर्भमा सचेत र जनकार छन् भन्ने देखाएको सरकारका प्रवक्ता गुरुङले बताए । ६२ प्रतिशत उत्तरदाताले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुले राम्रो कदम चालेको भन्ने उल्लेख गरेको भन्दै उनले भने,, ‘यसले भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ रहेको र सरकारका निकायहरुले प्रभावकारी काम गरिरहेको पुष्टि हुन्छ । सत्य कुरा त लुक्दैन नि ?’

ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन इण्डेक्समा नेपाल १२४ औं स्थानमा थियो । २०१९ मा ११ स्थानमाथि उक्लिएर ११३ मा उक्लिएको भन्दै उनले भने, एक वर्षपनि नवित्दै नेपाल कसरी सबैभन्दा बढी भ्रष्टाचार भएको देश बन्यो ? सम्माननीय प्रधानमन्त्रीले (भ्रष्टाचारहरुलाई) संरक्षण गरेको प्रमाणित कहाँ छ ?’
onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार