हलेसी बाँहुनीडाँडाका ३ सय ९४ कृषकलाई कृषि सामाग्री

  हिमाल समाचार  593 पटक हेरिएको

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले बाहुनीडाँडाका ३ सय ९४ जना कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।

सुक्खाग्रस्त क्षेत्रका कृषकहरुको जीवन स्तर उकास्नका लागि नगरपालिकाले प्रत्येक घरधुरीलाई टनेलका साथमा कृषि सामग्री, बीउबिजन र किटनाशक औषधि वितरण गरेको मेयर ईवन राईले बताए ।

वडा कार्यालय र झापाका ३ सय ९४ जनालाई टनेल, स्प्रे, हजारी, ढुसी नासक औषधी बाडिएको हो । स्थानीय सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, वडाध्यक्ष लगायतले कृषि सामग्री वितरण गरेका थिए ।

नगरपालिकाको पहलमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा २६ कार्तिकबाट नगरपालिकाले ११ वटै वडाका कृषकलाई बीउबिजन तथा सामग्री वितरण गरिरहेको छ ।

नगरपालिकाले ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गर्ने योजना बनाएको नगर प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार