माथिल्लो सगरमाथाका तीन जिल्लामा दर्जन बढि अस्पताल भवनको शिलान्यास

  हिमाल समाचार
980 Shares

सोलुखुम्बु – माथिल्लो सगरमाथाका तीन जिल्लामा एकै दिन दर्जन बढि स्थानमा अस्पतालको शिलान्यास गरिएको छ । सरकारले सबै नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ देशभर एकै दिन आज ३९४ वटा अस्पताल बनाउने योजना अनुसार सोलुखुम्बु, ओखलढुंगा र खोटाङका गरि १८ स्थानमा ५ र १५ बेडको अस्पताल भवन बन्ने भएको हो ।

जसमा सोलुखुम्बुमा ५ स्थानमा अस्पताल भवनको शिलान्यास गरिएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको बासा स्वास्थ्य चौकी, लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ बेडको अस्पताल भवनको शिलान्यास गरिएको हो । सोताङ गाउँपालिका स्थित प्राथमीक स्वास्थ्य केन्द्र र महाकुलुङ गाउँपालिकाको बुङमा १५ बेडको अस्पताल भवन शिलान्यास गरिएको छ ।

ओखलढुंगामा ७ वटा अस्पताल भवन बन्ने छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे स्वास्थ्य चौकी, चिशंखुगढि गाउँपालिकाको पोखरे स्वास्थ्य चौकी, मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ स्वास्थ्य चौकी, मोलुङ गाउँपालिकाको रामपुर स्वास्थ्य चौकी, लिखु गाउँपालिकाको यसम स्वास्थ्य चौकी, सुनकोशी गाउँपालिका मुलखर्क स्वास्थ्य चौकीमा गरि ६ स्थानमा ५ बेडको अस्पताल भवन शिलान्यास गरिएको हो । ओखलढुंगाकै चम्पादेवी गाउँपालिकाको रानिवन प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पताल बनाईने भएको छ ।

उता, खोटाङ जिल्लामा ६ स्थानमा अस्पताल निर्माण गर्ने सरकारले योजना बनाएको छ । जसमा रावाबेसी गाउँपालिकाको खार्पामा १० बेडको अस्पताल भवनको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए । रावाबेसीमै ५ बेडको अस्थायी कोभिड अस्पताल समेत सञ्चालनमा ल्याईएको सहकर्मी प्रेम श्रेष्ठले बताए ।

हलेसी तुवाचुङ नगरपालिकामा संघिय सांसद विशाल भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले १५ वेडको अस्पतालको शिलान्यास गरेका हुन् ।

ऐसेलुखर्क गाउँपालिकामा कोभिड अस्पताल स्थापना गरिएको छ भने १५ शैयाको अस्पतालको भवनको शिलान्यास गरिएको छ । त्यस्तै, जन्तेढुंगा गाउँपालिकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पताल भवन आजै शिलान्यास गरिएको छ ।

साकेला गाउँपालिका र केपिलासगढि गाउँपालिकाको बाक्सिला स्वास्थ्य चौकीमा ५ बेडको अस्पताल भवन बन्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार