रावाबेसी, ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा पनि अस्थायी कोभिड अस्पताल सञ्चालन

  हिमाल समाचार
294 Shares

खोटाङ – कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङका तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको छ ।

संघीय सरकारले उपलव्ध गराएको १० लाख र सम्वन्धित स्थानीय तहको खर्चमा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा ५ बेडको अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमण दर फैलिएर भयवह स्थिति निम्तिएको अवस्थामा नागरिकको गाउँमै सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।

एक जना एमविविएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी लगायतका जनशक्ति व्यवस्था गरेर तीन गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सुरु गरिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा यसअघि नै अस्थायी कोभिड अस्पताल सुरु गरिसकिएको छ ।

स्थानीय तहमा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल स्थापना गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार