त्रि–धार्मिक स्थल हलेसी मन्दिर दर्शन खुलाईयो

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – कोरोना महामारीका कारण बन्द गरिएको त्रि–धार्मिक स्थल हलेसी मन्दिर दर्शन खुलाईएको छ । तिर्थालुले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्ने गरि हलेसी प्रवेश खुला गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका अनुसार मुल गेटबाट एक पटकमा १० जनालाई मात्रै प्रवेश दिईने, दर्शनार्थीले अनिवार्य मास्क र सामाजिक दुरी कायम गर्नुपर्ने र मन्दिरको भित्रि परिसरमा फुल अक्षता, अगरबत्ति जस्ता सामाग्री लैजान निषेध गरिएको छ ।

यसको साटोमा बाहरी परिसरमा व्यवस्था गरिने नगरपालिकाका मेयर ईवन राईले बताए । मन्दिरमा खटिएका स्वयमसेवक तथा सुरक्षाकर्मीले लाईन बस्ने लगायतका प्रबन्ध मिलाउने जनाईएको छ ।

कोरोना महामारीको असर बढेमा स्थानिय प्रशासन सँगको समन्वयमा जुन सुकै समयमा मन्दिर बन्द गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार