सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुल्कमा छुट गर्न माग गरेका छन् ।
कोरोना महामारीका कारण विद्यार्थीमा आर्थिक भार परेको भन्दै उनिहरुले क्याम्पसले लिने मासिक शुल्कमा केही प्रतिशत छुट गर्न माग गरेका हुन् ।
कक्षा १२ देखि स्नातक तहका विद्यार्थीको मासिक शुल्कमा छुटको माग गर्दै विद्यार्थी लबिन्द्र कुलुङ, रमेश खड्का, आप्पा शेर्पा, छरिता खड्का र मनि तामाङ लगायतको विद्यार्थीको टोली आज क्याम्पस उद्धवकुमार शर्मालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा ११३ जना विद्यार्थीको हस्ताक्षर गरिएको छ ।