समाचार प्रभाव : सल्यानमा निर्मित फोर लेग टावरमा विद्युतीकरण धमाधम

  हिमाल समाचार
560 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्यानमा निर्माण गरिएको फोरजी (फोर लेग) टावरमा विद्युतिकरणको काम थालिएको छ ।

विद्युत जडानमा भएको ढिलासुस्तीका कारण टावरबाट सेवा संचालनमा आउन नसकेको विषयमा हिमाल एफ.एमले समाचार प्रकाशन तथा प्रसारण गरेपछि विद्युतिकरणको काम थालिएको हो ।

विद्युत जडानको जिम्मा पाएको त्रिवेणी लघुजलविद्युत आयोजनाले विद्युतीकरणको काम गरिरहेको छ । टावरसम्म पोलिङको काम सकिएको छ । तार खरिद गर्न बाँकी रहेकाले छिट्टै खरिद गरि जडान गर्ने उपभोक्ता समितिका सचिव छिरिङ राईले जानकारी दिए ।

गत भदौ महिनामा निर्माण सम्पन्न गरेको टेलीकमको टावरमा आवश्यक उपकरण जडान भईसकेपनि विद्युत जडान नहुँदा फोरजी सहितको टेलीफोन सेवा प्रवाहमा ढिला भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार