त्रिवेणी लघु जलविद्युत आयोजनाका अध्यक्ष राईले दिए राजीनामा

  हिमाल समाचार
679 Shares

सोलुखुम्बु – त्रिवेणी लघु जलविद्युत आयोजना सल्यानका अध्यक्ष धनजन राईले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष राईले लामो समयसम्म एउटै समिति वा पदाधिकारीमा रहन सान्दर्भिक नहुने तथा कार्य व्यस्तताले गर्दा पदमा रही सेवा दिन असमर्थ भएको भन्दै राजीनामा दिएको बताए ।

२०७१ साल माघ महिनादेखि निर्माण कार्य सुरु गरी २०७३ साल असार २६ गते परिक्षण गरी १०० किलोवाट क्षमताको बिद्युत हाल संचालनमा रहेको छ ।

राईले जारी गरेको राजीनामा पत्रमा “तत्कालीन अवस्थामा आयोजना सञ्चालन गर्न सहज नभई विभिन्न बाधा ब्यबधान झेल्दै आयोजना तिब्र गतिमा सञ्चालन भइ तोकिएको समयावधिभित्र सम्पन भएको उपभोक्ताहरुलाई स्मरण गर्न चहान्छु । नयाँ आयोजना सुरु हुनु भन्दा अगाडि निर्माण हुन लागेको योजना क्षतिग्रस्त भएको योजनालाई न्याय दिने नाममा नयाँ आयोजनामा विभिन्न समस्य सृजना गरिए । उक्त समस्याहरु ब्यवस्थापन गर्दै योजना सञ्चालन भयो । योजना सञ्चालनमा आर्थिक अभाव हुनको कारण तत्कालीन अवस्थामा गाबिसबाट कबुल भएको रकम राजनीतिक भागबण्डाका कारण उपलब्ध नभएको, पुरानो उपभोक्ताहरुलाई किस्ता छुट गर्नु परेको, नयाँ उपभोक्ताहरुलाई सहुलियतपूर्ण किस्ता कायम गरिएको, दातृ संस्थाबाट समयमै भुक्तानी नभएको कारण आर्थिक समस्य झेल्नुपरेको थियो ।” भनेर उल्लेख गरिएको छ ।

आफ्नो नाममा नगद जिन्सी नरहेको भएमा छानबिन गर्न आग्रह गर्दै आफूसँग भएको खाता, बिल भर्पाइ संस्थालाई उपलब्ध गराउने भन्दै उनले आयोजनालाई सहयोग गर्ने दात्री संस्था, तत्कालीन,प्रतिनिधिहरु ,उपभोक्ता, चन्दादाता, उपभोक्ता समिति, कर्मचारी सबैलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार