थलिए विरही ! किन ? (भिडियो)

  हिमाल समाचार
714 Shares

काठमाण्डौँ – नेपाली संगीतका अलराउण्डर सागर विरही थलिएका छन् । नझुक्निुस्, वास्तविक जीवनमा भने उनी थलिएका होइनन् । एउटा आधुनिक गीत ‘मेरो मुटु’को भिडियोमा थलिएका हुन् । मतलब, अभिनय गरेका हुन् ।

लोक गायनबाट संगीत यात्रा शुरु गरेका उनी अहिले लोकसंगीतका अलराउण्डर हुन् । गायनबाट सृजनामा होमिएका उनी अहिले एरेन्जर हुदै अभिनय र निर्देशनमा समेत अघि बढेका छन् ।

उनकै गीत, संगीत, एरेन्ज, अभिनय र निर्देशनमा आधुनिक गीत ‘मेरो मुटु’डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

संगम इन्टरटेनमेन्टको व्यानरमा बनेको गीतमा सम्झना पुनले स्वर भरेकी छिन् भने भिडियोमा सागरलाई देवा मगरले स्कृन शेयर गरेकी छिन् । दुर्गा पौडेलले खिचेको भिडियोमा रोशन गाहा मगरले सम्पादन तथा कलर गरेका हुन् ।

गीतलाई सम्झना डिजिटल मार्फत बजारमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार