नेचामा शिव मन्दिर शिलान्यास

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु सोलुखुम्बुको नेचामा शिव मन्दिरको शिलान्यास गरिएको छ ।

जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको अगुवाइमा निर्माण हुने मन्दिरको अग्रज बन्धुहरू चित्रप्रसाद जमरकट्टेल र इन्द्रप्रसाद जमरकट्टेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

जमरकट्टेल बन्धुहरूबाट आर्थिक संकलन गरि ४० लाखको लागतमा बन्ने निर्माण समितिका अध्यक्ष मुक्ति जमरकट्टेलले जानकारी दिए ।

स्वर्गीय आमा बालकुमारी गौतमको स्मृतिमा छोरी सर्मिला जमरकट्टेल गौतमले १० हजार १ सय २० प्रतिष्ठानलाई आर्थिक सहयोग समेत गरेकी छिन ।

शिलान्यास कार्यक्रममा युवराज जमरकट्टेलले जेष्ठ नागरिकलाई टोपी वितरण गरेका छन् भने प्रतिष्ठानको सदस्यता वितरण समेत गरिएको महासचिव देवेन्द्र जमरकट्टेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार