सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
पुनर्निर्माण प्राधिकरणको ३ करोड लगानीमा बन्ने स्वास्थ्य चौकी भवनको (बुधबार) नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शिलान्यास गरेका हुन् ।
हाल मंगलटारमा रहेको स्वास्थ्य चौकीले सानो टहराबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । नागरिकहरुको सहजतालाई ध्यानमा राख्दै निर्माण गर्न लागिएको स्वास्थ्य चौकीको भवन अबको ८ महिनामा बनाईसक्ने लक्ष्य लिईएको वडा नं ६ का वडाअध्यक्ष रमेश कुमार राउतल बताए ।
त्यस्तै, नगरपालिकाको वडा नं ७ हलेसीका ३३३ कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारले स्वीस सरकार (एसडिसि)को जिविको पार्जन तथा आयआर्जन कार्यक्रमको सहयोगमा दुई करोड ४४ लाख बराबरको कृषि सामग्रीहरु वितरण गरिरहेको छ ।
यो कार्य ४ हजार ५३ घरपरिवार लाभान्वित हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जानकारी दिए ।