सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आन्तरिक तथा बाह्य सवारी भाडादर निर्धारण गरेको छ ।
बुधबार गाउँपालिका, यातायात व्यवसायी र उपभोक्ताबिच बसेको बैठकले भाडादर निर्धारण गरिएको हो ।
नेचाबिहीबारे–काठमाण्डौ १ हजार ७००, नेचाबिहीबारे–सल्लेरी ५००, नेचाबिहीबारे–चुर्पु १५०, नेचाबिहीबारे–तिंला–रमिते ४००, नेचाबिहीबारे–बासपुरा ३००, नेचाबिहीबारे–दाल्दुखोला २००, नेचा बिहिबारे–फेदी जेरोपोएन्ट १५०, नेचाबिहीबारे–पोखरे १००, नेचाबिहीबारे–तुईन्टार २००, नेचाबिहीबारे–फुर्के ५०, नेचाबिहीबारे–तिनकन्या १५०, नेचाबिहीबारे–गैरी २००, नेचाबिहीबारे–वरडाँडा बतासे ५०, नेचाबिहीबारे– नाम्लो खलिङ गाउँ १००, नेचाबिहीबारे– ख्याम्पु २ सय रुपैँया भाडा निर्धारण गरिएको गाउँपालिका प्रबक्ता धर्मध्वज खत्रिले जानकारी दिए ।
त्यस्तै, नेचाबिहीबारे–थुम्कि, सामुदायिक ५०, नेचाबिहीबारे–ओखलढुंगा चिसापानी १००, नेचाबिहीबारे–ओखलढुंगा लेकखर्क २००, नेचाबिहीबारे–डाडाँगाउँ ४००, नेचाबिहीबारे–ओखलढुंगा सानिटार ४५०, नेचाबिहीबारे–ओखलढुंगा ६००, नेचाबिहीबारे–लेब्लु २५०, नेचाबिहीबारे–सयलेघाट १५०, सल्यान–काठमाण्डौ १ हजार ७००, सल्यान सल्लेरी ४००, नेचाबिहीबारे–जन्मज्योति स्कुल १००, सल्यान–ओखलढुंगा ६००, नेचाबिहीबारे–ईटहरी १ हजार ८००, नेचाबिहीबारे– कटारी १ हजार ८००, सल्यान कटारी १ हजार २५० रुपैया भाडादर निर्धारण गरिएको छ ।
यात्रुलाई अनिवार्य टिकटको व्यबस्था गर्ने गरि भाडादर निर्धारण गरिएको अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका जिल्ला सदस्य सरोज भट्टराईले बताए ।
गाउँपालिकामा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई अनिवार्य रुपमा सुचिकृत गर्नुपर्ने व्यवस्था गरिएको छ