सोलुखुम्बु – नेपाल शेर्पा संघ जिल्ला कार्य समिति सोलुखुम्बुले नेपाल सरकारद्वारा चक्रपथ बिस्तारको क्रममा विश्व सम्पदा सुचिमा सुचिकृत स्वयम्भुनाथ क्षेत्रमा बुद्धको मुर्ती सहितको सम्पदाहरु भत्काउने निर्णय गरेप्रति ध्यानाकर्षण गराएको छ ।
बौद्धमार्गीहरु तथा ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा प्रेमीको भावनामा चोट पुगेको भन्दै बुद्धको मुर्ति भत्काउनाले नकारत्मक सन्देश प्रवाह हुने शेर्पा संघले जनाएको छ ।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडा समक्ष शेर्पा संघ सोलुका अध्यक्ष पासाङकाजी शेर्पा र सचिव कुञ्जाङ शेर्पाले हस्ताक्षर गरेको ध्याकर्षण पत्र बुझाउदै आफुहरुको मागलाई वेवास्ता गरिए चरणबद्धरुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएको छ ।