सोलुखुम्बु – काँग्रेस सोलुका पुर्वसचिव चन्द्र आचार्यलाई वी.पी. विचार राष्ट्रिय समाजको जिल्ला संयोजकको जिम्मेवारी दिईएको छ ।
वी.पी. विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्दका अनुसार चन्द्र आचार्यलाई संयोजक तोकिएको हो ।
वी.पी विचार राष्ट्रिय समाजको विधान ०६९ को धारा १५ अनुसार सोलुखुम्बुमा अधिवेशन गराउन र समिति गठन गरि प्रतिवेदन बुझाउन निर्देशन दिईएको छ ।
समितिलाई पुर्णता दिन समेत वी.पी. विचार राष्ट्रिय समाजका महासचिव चन्दले निर्देशन दिएका छन् । संयोजक आचार्यले सबैलाई समेटेर चाँडै समितिलाई पुर्णता दिने बताए ।
उनि नेपाली काँग्रेसको अघिल्लो जिल्ला समितिका पार्टी सचिव हुन् ।