सोलु पन्चनमा दुधकोशीको पानी लिफ्टीङ गरिने

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – सुख्खाग्रस्त रहेको सोलखुुम्बुको पन्चनमा खानेपानी लिफ्टीङ गरिने भएको छ ।

खानेपानी तथा सिंचाईमा रहेको समस्या दीर्घकालीन समाधानको लागि करिब ११ करोडको लागतमा लिफ्टीङ गरिने भएको हो ।

“पन्चन खानेपानी” आयोजनाको डिपिआर निर्माण सम्पन्न भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

आयोजनाको काम चालु आर्थिक वर्षबाट सुरु गरि २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष राईले बताए । दुधकोशीको पानीलाई लिफ्टीङ मार्फत पन्चनको सल्लाघारीमा ट्याङ्की निर्माण गरि घर घरमा पानी पु¥र्याउने योजना छ ।

पन्चन क्षेत्रका नागरिकले बाह्रै महिना खानेपानीको समस्या झेल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार