सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले कोरोना कहरले प्रभावित बनेको शैक्षिक क्षेत्र सुचारु गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले कोरोना कारण प्रभावित बनेको पठनपाठन कार्य नियमित रुपमा सञ्चालन गर्ने निणर्य गरेको हो ।
गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक डुफकुमार बास्तोलाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्रको ११ शिक्षकको दरबन्दि मध्ये ३ दरबन्दि खालि रहेको शिक्षा विकास तथा समन्वय ईकाईलाई जानकारी गराउने निर्णय समेत गरिएको प्रबक्ता धर्मध्वज खत्रिले जानकारी दिए ।
साथै शिक्षक दरबन्दि मिलान तथा व्यवसाय कार्यविधि २०७६ अनुसार विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दि मिलान गर्ने निर्णण गरिएको गाउँपालिकाले जनाएको छ ।