ढुंगा प्रहार गर्ने एक प्रतिवादी पक्राउ, अर्का फरार

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ढुंगाले हानेर घाईते बनाउने एक प्रतिवादी पक्राउ परेका छन् ।

गत कार्तिक १३ गते थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा बसिरहेको अवस्थामा ३३ वर्षिय चुनावकुमार राई र उनका भाई २६ वर्षिय दिपक राईलाई ढुंगा प्रहार गर्ने ३१ वर्षिय अनिल राईलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।

ढुंगा प्रहारमा संलग्न अर्का २४ वर्षिय एक युवक फरार रहेका छन् । पुरानो रिसलार्ई लिएर उनिहरुले ढुंगा प्रहार गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनको खोजि कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार