सोलुखुम्बु – सोलुखुूम्बुको सोताङ स्थित एक आवासिय छात्रावास जिर्ण बनेको लामो समय भएपनि पुनर्निर्माणमा कसैले चासो नदिएको पाईएको छ ।
२०६६ सालमा तत्कालीन शिक्षा विभागबाट निर्माण भएको हिमाली छात्रावास २०७२ सालको विनासकारी भुकम्पले जिर्ण बनेको भएपनि हालसम्म पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानिय सरकारले ध्यान नदिएको पाईएको हो ।
बिरेन्द्रज्योति माविको स्वामित्वमा रहेको जिर्ण भवनमा महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, माप्यदुधकोसि गाउँपालिका र थुलुङदुधकोसी गाउँपालिकाका विद्यार्थी बस्दै आएका छन् । विभिन्न दातृ निकायबाट आश्वासन आएको भएपनि हालसम्म पुनर्निर्माणको काम अघि नबढेको विद्यालयका प्रध्यानाध्यापक महाप्रसाद फुयालले बताए ।
अहिलेसम्म पुनर्निर्माणमा संघ, प्रदेश र स्थानिय सरकारबाट ठोस कदम नचालिएको उनले बताए । यता गाउँपालिका अध्यक्ष वीरबहादुर राईले गाउँपालिका आफैले बजेट अभावका कारण निर्माण गर्न नसक्ने तर दातृ निकायले निर्माण गर्न चाहेमा केही आर्थिक व्यवस्थापन गर्ने बताए ।