खरिखोलामा रक क्लाईम्बीङ स्थापना

  हिमाल समाचार
406 Shares

सोलखुुम्बु – सोलुखुम्बुको खुम्बपासाङल्हामु गाउँपालिका १ खरिखोलामा रक क्लाईम्बीङको स्थापना गरिएको छ ।

अन्तराष्ट्रिय माउण्टेन गाईड ल्हाक्पा ग्याल्जेन शेर्पाको जग्गा व्यवस्थापन तथा गाउँपालिकाको ५ लाख लगानीमा खरिखोलामा रक ल्याईम्बीङ स्थापना गरिएको हो ।

२० मिटर उचाई रहेको भिरमा ७ वटा रुट लकडाउनकै अवधिमा निर्माण गरिएको माउण्टेन गाईड शेर्पाले बताए । उनका अनुसार रक क्लाईम्बीङमा तालिम लिन सके सगरमाथा आरोहणमा सहज समेत हुनेछ ।

खरिखोलाका वडाअध्यक्ष ङिमा दोर्जी शेर्पाले आन्तरिक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने बताए । खरिखोला तल्लो क्षेत्रको खुम्बु प्रवेशद्वार भएकाले आन्तरिक पर्यटकलाई समेत आर्कषण गर्न सकिने उनको भनाई छ ।

रक क्लाईम्बीङलाई अझ व्यवस्थित बनाईने योजना रहेको छ । लुक्ला र खुम्जुङमा पनि रक क्लाईम्बीङ सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार