सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पसमा नियमित पठनपाठन हुने

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सोताङ पब्लिक क्याम्पसमा नियमित पठनपाठन हुने भएको छ ।

कोरोनाका कारण प्रभावित बनेको शिक्षणसिकाई क्रियाकलाप मंसिर २१ गते देखि सुचारु गर्ने निर्णय गरेको क्याम्पस प्रमुख ईश्वर तिमल्सेनाले बताए ।

क्याम्पसको स्नातक प्रथम र दोस्रो वर्षको नियमित पठनपाठन हुने उनको भनाई छ । दशै भन्दा अघि एक महिना कक्षा सञ्चालन गरिएको थियो । क्याम्पसमा २६५ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार