‘मायाको वस्ती’ डाँडैले छेकेपछि … (भिडियो)

  हिमाल समाचार
2.7k Shares

काठमाण्डौँ – वैगुनी ‘मायाको वस्ती’ डाँडैले छेकेपछि लोक गायक विष्णु खत्रीलाई पिरलो थपिएको छ । उनले मायाकैै पिरमा बस्नु परेको कथा बुनेर सालैजो भाका ‘मायाको वस्ती’ल्याएका छन् ।

कोरोना कहर चुलिदै गएपछि बाग्लुङको गल्कोट (जन्मगाँउ) फर्केका गायक खत्रीले तीन वटा गीत बजारमा पठाइसकेका छन् ।

दशैँको अवसरमा ‘रिनै रिनको’गीत बजारमा ल्याएका थिए । उनले यो गीतको रेर्कडिङ काठमाण्डौ र पोखरामा गरेका थिए । त्यसपछि तिहारमा देउसी भैलो गीत बजारमा ल्याए । जुन गीतको रेर्कडिङ अघिल्लो बर्ष भएको थियो ।

यो बर्ष गाउँघरमै भिडियो गरेर बजारमा पठाएका खत्रीले कोरोना कहर अघि नै रेर्कडिङ गरेको सालैजो भाकाको भिडियो निर्माण गरेर बजारमा पठाएका हुन् । सालैजो गीतको अडियो भने लकडाउन अघि नै रेर्कड गरिएको थियो ।

इच्छाशक्ति भए गाउँबाटै पनि संगीतको काम गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्, खत्रीले । उनलाई गायनमा सरिता श्रीष मगरले साथ दिएकी छिन् । खेमन शर्माको सृजनामा तयार भएको गीतको भिडियोलाई होम गुरुङले निर्देशन गरेका छन् ।

भिडियोमा सविन गुरुङ, सरिता धनकुटी र सगुन खत्रीले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार