सोलुखुम्बु – सोलुखुम्बुमा ४ कोरोना संक्रमित थपिएका छन् ।
मंसिर १६ गते २१ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणमा पठाईएकोमा ४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाका अनुसार संक्रमितहरु थुलुङ दुधकोशी गाउँपालिकाको एक र सोलुदुधकुण्ड नगरपालिका भित्रका ३ जना रहेका छन् ।
फाप्लु अस्पतालको आईसोलेसनमा उपचाररत नगरपालिका भित्रकै एक जनाको रिपोर्ट पुनः पोजेटिभ आएको निमित्त प्रमुख शेर्पाले जानकारी दिईन् ।