एउटै बोटबाट ११४ केजी किवी !

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – सोलुखुम्बु किवी खेतीका लागि उर्वर भूमि मानिन्छ । सोही संभावनालाई दर्जनौ कृषकले आत्मसाथ गरेर सयौँ हेक्टरमा किवी खेती गरेका छन् । कतिपयले आम्दानी लिन थालिसकेका छन् ।

२०७० सालबाट किवीको खेती थालिएको सोलुखुम्बुमा एकै बोटबाट ११४ केजी किवी टिपिएको छ । किवी खेतीको प्रर्वद्धनमा जुटेको बागबानी केन्द्र फाप्लुमा लगाइएको किवीको एक बोटले ११४ केजी उत्पादन दिएको निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।

केन्द्रले ठूला फललाई प्रतिकेजी दुई सय र साना फललाई प्रतिकेजी एक सयमा विक्रि गरिरहेको छ । करिव १५ सय केजी किवी उत्पादन भएको जनाइएको छ ।
जिल्लाका अधिकांश कृषकहरुले किवी टिपेर भण्डार र विक्रिको तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार