सोलखुुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि प्रदर्शनी मेला हुने भएको छ ।
गाउँपालिकाको आयोजनामा आगामी पुष ५ गते कृषि तथा औद्योगिक प्रदर्शनी मेला हुने भएको हो ।
कृषि उत्पादन प्रदर्शन गरी कृषक लाभान्वित हुने किसिमले मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए । उत्कृष्ट औद्योगिक तथा कृषि उपज सामाग्री प्रदर्शन गर्नेलाई पुरस्कारको समेत व्यवस्थापन गरिएको छ ।
५ सय केजी लसुनको विउ
नेचासल्यान गाउँपालिकाका कृषकलाई ५ सय केजी लसुनको बिउ वितरण गरिएको छ ।
चालु आर्थिक वर्षको २ लाख बजेटबाट १३ वटा कृषि समुह र ११ वटा कृषि फार्मलाई २० केजिका दरले लसुनको बिउ वितरण गरिएको गाउँपालिकाका प्रबक्ता धर्मध्वज खत्रीले बताए ।
हिमाल एफ.एम सँग कुरा गर्दै प्रबक्ता खत्रीले कृषकलाई उद्यमशिल बनाउनका लागि बिउ वितरण गरेको बताए ।
वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल लगायत स्थानीयको उपस्थिती रहेको थियो ।