प्रदेश नं १ मा ९६ डिस्चार्ज, ८० संक्रमित थपिए

  हिमाल समाचार
91 Shares

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ । प्रदेश १ मा आज ७१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ९६ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार