सोलुखुम्बु : कायघाटमा बन्ने मोटरेबल पुलको शिलान्यास

  हिमाल समाचार
735 Shares

सोलुखुम्बु – सोलुखुम्बुको कायघाटमा बन्ने मोटरेबल पुलको सोमबार शिलान्यास गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ८ रनेम र माप्य दुधकोशी गाउँपालिका ७ वाकु जोड्ने कायघाट स्थित दुधकोशी नदिमा बन्ने मोटरेबल पुलको प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्यद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

प्रतिनिधि सभा सदस्य राईले एक वर्ष भित्र पुल निर्माण गरि सञ्चालनमा ल्याउने बताए । त्यस्तै, प्रदेश सभा सदस्यद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतले नेकपा सरकारका पालामा जनअपेक्षित काम भएको दाबी गरे ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको बाकु क्षेत्रमा सहज यातायात संचालनका लागि यथासिघ्र पुल निर्माणको काम सक्ने बताए । सिमित बजेटलाई सदुपयोग गरि समृद्धिको यात्रामा गाउँपालिका अघि बढेको उनले दाबी गरे ।

गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले कायाघाटमा मोटरेबल पुल बनेपछि १२ महिना नै वाकु क्षेत्रका नागरिकले यातायातमा खेप्नु परेको सास्ती हट्ने बताईन् ।

प्रदेश सरकार र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त लगानी ६ करोड ५९ लाखमा निर्माण पुल निर्माणको जिम्मा जलप नेपाल अन्तरगतको रवी चक्र जेभीले पाएको छ । पुल ३६.५ मिटर लामो बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार