बेनी खोला माथी बनेको ट्रष्ट ब्रिजको उद्घाटन

  हिमाल समाचार  937 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको बेनी खोलामाथी निर्माण गरिएको ट्रस्ट ब्रिजको उद्घाटन गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका २ स्थित बेनी खोला माथी निर्माण गरिएको ट्रस्ट ब्रिजको सोमबार मेयर नाम्गेल जाङबुु शेर्पाले उद्घाटन गरेका छन् ।

ट्रस्ट ब्रिजको उद्घाटन गर्दै मेयर शेर्पाले पुलले चारघरेका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताए ।

८० फिट लम्बाई रहेको ट्रस्ट ब्रिज बनेपछि बाह्रै महिना खोला वारपारका लागि सहज भएको छ । यसअघि त्यस भेगका सर्वसाधारणहरु काठको पुलबाट खोला तर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार