चिवाङ आधारभुत विद्यालयमा खेल मैदान उद्घाटन

विकासले गति लिएको मेयर शेर्पाको भनाई

  दिपेन्द्र पराजुली
791 Shares


सोलुखुम्बु –
सोलुदुधकुण्ड नगरपालिका ४ स्थित चिवाङ आधारभुत विद्यालयमा निर्माण गरिएको खेल मैदान उद्घाटन गरिएको छ ।

बिदेशी डोनरको सहयोगमा स्थानीय समेत रहेका ईबिसि ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रमुख ठिले लामाको सहजिकरणमा निर्माण गरिएको खेल मैदान नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरे ।

उद्घाटन गर्दै मेयर शेर्पाले विद्यालयमा खेलमैदान निर्माण गरेर सहयोग गर्नेलाई धन्यवाद दिए । ७५३ वटै स्थानिय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकालाई विकासमा नमुना बनाउदै लगिएको उनले बताए । उनले फरक प्रसङगमा बोल्दै नगरपालिकामा स्वास्थ्य, शिक्षा, सञ्चार तथा सडकको विकास द्रुत गतिमा भईरहेको बताए । उनले सबै वडाको सबै टोलमा सडक पुगेको बताए । भाषण भन्दा कामलाई बढि जोड दिएको उनको भनाई छ । मेयर शेर्पाले नगरपालिका शुसासन र पारदर्शितामा समेत अघि रहेको बताए ।

१५ लाखको लागतमा खेलकुद मैदान सहित विद्यालय घेराबार, शौचालय तथा कम्युटर कक्षा मर्मतका साथै विद्यालयसम्म जाने बाटो निर्माण गरिएको ठिले लामाको भनाई छ । विद्यालयमा सहज शिक्षण सिकाईका क्रियाकलाप सञ्चालन गर्न सकियोस भन्ने हेतुले आफुले सहयोग गरेको लामाले बताए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रबक्ता शारदामाया तामाङले नागरिकको अपेक्षा अनुसार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताईन् । विद्यालयकी शिक्षीका गिता कार्की बस्नेतले विदेशी डोनरको सहयोगमा विद्यालयको भौतिक र शैक्षिक रुपमा विकास हुदै गएकोमा खुसी व्यक्त गरिन् ।

यसैबीच, चिवाङ आधारभुत विद्यालयलाई एक थान कम्युटर र प्रिन्टर उपलब्ध गराईएको छ ।

शैक्षिक गतिविधिलाई थप प्रविधियुक्त बनाउनका लागि युटिई लेबिके जर्मनिका कोअईटिनेटर समेत रहेका ठिले लामाको सहजिकरणमा कम्युटर, प्रिन्टर र साउण्ड सिस्सटम समेत एक÷एक थान विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, विद्यालयमा अध्ययनरत ३२ विद्यार्थीलाई ट्रयाकसुट सेट समेत वितरण गरिएको छ ।

जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बचाउनका लागि ट्रयाक सुट सेट, मोजा वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयलाई भौतिक तथा शैक्षिक रुपमा योगदान पु¥याउने समाजसेवी तथा जग्गादातालाई समेत सम्मान गरिएको थियो । विद्यालयका सहयोगिदातालाई छिरिङ शेर्पा, ठिले लामा शेर्पा, पासाङ शेर्पालाई विद्यालय, वडा र नगरपालिकाको तर्फबाट मेयर शेर्पाले प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए । त्यस्तै विद्यालयका शिक्षीकालाई गीता कार्की बस्नेत कामको उच्च मुल्याङकन गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा वि.व्य.स. अध्यक्ष कर्मा लामा शेर्पा, प्रध्यानाध्यापक सिता राई, चिवाङ गुम्वाका प्रमुख ङवाङ शेम्पेन शेर्पा लामा लगायतको उपस्थिती रहेको थियो ।

राहत वितरण

सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङ तुम्बुकका ३३ घरलाई राहत वितरण गरिएको छ ।

हिमायक ट्रेकिङ प्रा.लि. फ्रान्सका पासाङ शेर्पाको आर्थिक सहयोगमा तुम्बुकका स्थानिय र चिवाङ गुम्बालाई चामल, नुन र तेल वितरण गरिएको हो ।

कोरोना महामारीका कारण प्रभावित बनेको परिवारलाई नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा र नगरपालिकाका प्रबक्ता सारदामाया तामाङले हस्तान्तरण गरे ।

राहात स्वरुप दैनिक उपभोग्य सामाग्री पाएपछि स्थानियले खुसी व्यक्त गरेको चिवाङ आधारभुत विद्यालयका शिक्षिका गिता कार्की बस्नेतले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार