‘बकि बकि स्यो’को भिडियो सार्वजनिक गरिदै

  हिमाल समाचार
1.4k Shares

काठमाण्डौ – थुलुङ भाषाको गीत ‘बकि बकि स्यो’को भिडियो सार्वजनिक गरिदै छ । एक दशक अघि अडियो तयार भएको गीतको भिडियो आगामी शनिबार सार्वजनिक गर्ने तयारी गरिएको हो ।

उदिम किराँतीको गीत, जनम थुलुङको संगीतमा तयार भएको गीतमा जनमको साथमा सरला राई, मकर राई र रन्जना राईको स्वर सुन्न सकिन्छ ।

ममता थुलुङ राईको निर्देशनमा तयार भएको गीत खोटाङको महेश्वरी क्षेत्रमा छायांकन गरिएको हो । भिडियो प्रवेश राईले खिचेका हुन् भने ममता थुलुङ राई, अनुप राई लगायतले मोडलिङ गरेका छन् ।

गीत र भिडियो शनिबार दिउँसो सार्वजनिक गर्न लागिएको हो । सो कार्यक्रम हिमाल एफ.एम ९०.२ मेगाहर्ज र फेसबुक पेजबाट अडियो तथा भिडियो लाइभ सुन्न र हेर्न सकिनेछ ।

‘माम पाप’ एल्बममा समाबेश ९ वटा गीतमध्ये ‘बकि बकि स्यो’ पनि एउटा गीत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार