काठमाण्डौँ – पुर्वेली गीत ‘सिन्दुर साक्षी छ’को भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको छ । केही बर्ष अघि रेर्कड गरिएको गीतको भिडियो निर्माण गरेर बजारमा पठाइएको छ ।
शिवसंगम राईको सृजनामा तयार भएको गीतमा राजेन्द्र केरुङ, विजय फागो वानेम, उषा राई र उपासना पोखरेलको स्वर रहेको छ ।
केही बर्ष अघि बजारमा आएर सेलाएको गीत टिकटकमा बाक्लिन थालेपछि घरदेशी र परदेशीको कथामा छायांकन गरिएको हो ।
दुर्लभ जन्तरेको स्टोरी, कन्सेप्ट र डिरेक्सन रहेको भिडियोमा टिकटक प्लेटफर्मबाट अभिनयमा आएका सुधिर श्रेष्ठ सहित विमला लिम्बु, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र विरेन्द्र केरुङले अभिनय गरेका छन् ।
यो गीतको अफिसियल भिडियो मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । भिडियो फालेलुङ टिभी यूटुव च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ ।
https://youtu.be/vhTBNekL8AE