‘भौतिक संरचना प्रयोगकर्ता मैत्री बनाऔं’

  हिमाल समाचार
98 Shares

विराटनगर – भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरु प्रयोगकर्तामैत्री हुने बताए ।

कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्रीहुनु पर्नेमा जोड दिए । अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भएसवैका लागि हुने उनको भनाई छ ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल वस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने बताए । प्रदेश सरकारका मन्त्रालयहरु प्रयोगकर्ता मैत्री नभएको उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरेपनि अझैपनि पूर्णरुपमा कार्यन्वयन हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार