काठमाण्डौँ – लोक तथा दोहोरी गीतमा धेरै प्रयोग हुने गीत मध्येको एउटा नाम हो, आँधी । यो खोलाको नाम हो । जुन, स्याङजामा पर्दछ ।
चाहे ‘आँधी खोला उर्लेर आयो’ होस्, चाहे ‘आँधी खोला तिरैमा’ वा ‘आँधी खोलामा’, ‘आँधी खोला उधै सलल’, ‘आँधी खोला स्याङजा बजारमा’, ‘आँधी खोला तरेर’ लगायतका थुप्रै गीतहरुमा आँधी खोला जोडिएको छ । आँधी जोडिएका सृजना सफल समेत बन्दै आएको छ ।
सोही आँधी खोलाको पानीसंग पिरती मिसाएर एउटा मौलिकपन बोकेको दोहोरी गीत ‘पानी आँधीको’बजारमा पठाइएको छ । रमेश विजीको गीत र रामजी खाँणको भाकामा तयार भएको गीतमा रामजीलाई शान्तिश्री परियारले साथ दिएकी छिन् ।
सर्जक दुवै स्याङजाकै हुन् । आँधी खोला बहने जिल्लाकै भएपनि सर्जक नजिकिएको होलान् ।
पानी आँधीको
कुन लगाउछौ पिरती, सुन की चाँदीको
यो थेगो भने राजु परियारले बनाएका हुन् । स्लो बिटमा तयार भएको गीत मार्मिक बनेको छ । जुन गीतले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको छ ।
रामजी र सगुन शाहीको मोडलिङ रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोलाई रामजी खाँणको व्यक्तिगत यूटुव च्यानलबाट अपलोड गरिएको छ ।