१६ दृष्ट्रिविहिनलाई लठ्ठी र हिंसा पिडित महिलाहरुलाई आर्थिक सहयोग

  हिमाल समाचार
280 Shares

खोटाङ – ७२ औ अन्तर्राष्ट्रिय मानव अधिकरा दिवस तथा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ जना दृष्ट्रिविहिनहरुलाई सेतो लठ्ठी वितरण गरिएको छ भने दुई जना हिंसा पिडित महिलालाई १५ हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

एक महिलालाई बंगुरपालनका लागि सहयोग गर्ने घोषणा गरिएको छ भने पन्च माविका एक विद्यार्थीलाई वैशाखी र प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले नगद दुई हजार प्रदान गरेका छन् । दिवसकै अवसरमा दिक्तेलकी पीडित महिला अम्बिका रिजाललाई भुकम्प प्रतिरोधात्मक २ कोठे घर बनाएर हस्तान्तरण गर्ने घोषणा गरिएको उपमेयर विणादेवी राईले जानकारी दिए ।

घर निर्माणका लागि तारानाथ फुंयालले ४ आना जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, लैङ्गिक हिंसाको अवसरमा गैरसरकारी महासंघको तर्फबाट प्रस्तुतिकरण गरिएको छ । सोही कार्यक्रममा मानवअधिकारको अबस्थाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार