राजन र कमलाको स्वरमा ‘आजै भैयो भेट’(भिडियो)

  हिमाल समाचार
224 Shares

काठमाण्डौँ – राजन कार्की बहुप्रतिभाशाली कलाकार हुन् । जो, मोफसलमा बसेर पनि निरन्तर लोक सृजना र गायनमा तल्लिन छन् ।

स्याङजामा जन्मेका कार्कीले पोखराबाट लोक संगीतमा सक्रियता जारी राखेका छन् । पछिल्लो समय आफ्नै यूटुव च्यानल खोलेर लागि परेका उनले पछिल्लो गीत ‘आजै भैयो भेट’बोलको रमाइलो गीत बजारमा ल्याएका छन् ।

कार्कीकै सृजनामा तयार भएको गीतमा उनलाई कमला पोखरेलले स्वरमा साथ दिएकी छिन् । होम गुरुङको निर्देशनमा तयार भएको भिडियोमा राजन र समिता अधिकारी देखिएका छन् ।

यसअघि कार्कीका आँशु नझार, पान खायो चुना हालेर, खोलीमा माछी, चाडवाडमा, मायाको हाइहाइ, सुर्ती माडेर लगायतका दर्जनौ गीत डिजिटल बजारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार