सामाजिक कथामा ‘छाउपडी गोठ’ (भिडियो)

  हिमाल समाचार
189 Shares

काठमाडौँ – ‘छाउपडी’ सुदुरपश्चिमका कतिपय क्षेत्रमा सामाजिक समस्याको रुपमा अझै विद्यमान छ ।

जब, महिलाहरुमा रजस्वला हुन्छ । जब, उनीहरु परिवारबाट एक्लिएर बस्नुपर्ने बाध्यताको कथालाई लोक गीतमा उतार्ने कोशिस गरेका छन्, यूवापुस्ताका अब्बल सर्जक सुरेशरमण अधिकारीले ।

उनै अधिकारीको सृजनामा तयार भएको गीतमा ‘छाउपडी’प्रथाको त्रासलाई समाबेश गरिएको छ । सन्देश सहित तयार भएको गीतमा प्रतिमा विश्वकर्मा, स्मृती शाही र सुरेश रमण अधिकारीले स्वर दिएका छन् ।

कपिल लामाको निर्देशनमा तयार पारिएको भिडियोमा सारिका केसी, आशिर प्रताप जंग, समिर न्यौपाने, गोमा न्यौपाने र खेम बाले शसक्त अभिनय प्रस्तुत गरेका छन् ।

जब, महिनावारीको समय आउछ । तब, तर्सनुपर्ने सामाजिक कुरिती अन्त्यका लागि गीतबाट सन्देश प्रवाह गरिएको छ ।

सर्जक अधिकारीका यसअघि मलाई विर्सेउ होला है, औसिया, बाइबाइ माया, के पुराइन मैले लगायतका गीतलाई दर्शक स्रोताले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार