सोलुखुम्बुबाट ३५ जनाको स्वाब संकलन

  हिमाल समाचार  381 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुबाट ३५ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा रहेका र सोलुदुधकुण्ड नगरपालिका – ६, ९ र १० भित्रका शंकास्पद लक्षण देखिएका स्थानीयको स्वाब संकलन गरिएको हो ।

स्वाबलाई पिसिआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार