काठमाण्डौँ – थुलुङ भाषाको गीत ‘बकि बकि स्यो’को भिडियो सार्वजनिक गरिएकोे छ । एक दशक अघि अडियो तयार भएको गीतको भिडियो शनिबार सार्वजनिक गरिएको हो ।
उदिम किराँतीको गीत, जनम थुलुङको संगीतमा तयार भएको गीतमा जनमको साथमा सरला राई, मकर राई र रन्जना राईको स्वर सुन्न सकिन्छ । थुलुङ भाषामा तयार पारिएको गीतबाट थुलुङहरुलाई आफ्नो भाषा संस्कृतिको जर्गेनामा लाग्न आग्रह गरिएको छ । गीतका गायक तथा संगीतकार जनम थुलुङले भने, ‘भाषा, संस्कृती हटाउदै गएको अवस्थामा जर्गेनामा लाग्न प्रेरित गर्न यो गीत रचिएको हो ।’
https://youtu.be/qaQeWsTW0lE
ममता थुलुङ राईको निर्देशनमा तयार भएको गीत खोटाङको महेश्वरी क्षेत्रमा छायांकन गरिएको हो । भिडियो प्रवेश राईले खिचेका हुन् भने ममता थुलुङ राई, अनुप राई लगायतले मोडलिङ गरेका छन् । यो गीत खोटाङको रिब्दुङ महेशवरीमा छायांकन गरिएको हो । रिलिज कार्यक्रममा निर्देशक ममता थुलुङ राईले ग्रामिण भेग महेश्वरीमै पुगेर खिचिएकाले भिडियो पनि मौलिक बनेको बताइन् ।
‘माम पाप’ एल्बममा समाबेश ९ वटा गीतमध्ये ‘बकि बकि स्यो’ पनि एउटा गीत हो । अन्य गीतहरुको भिडियो पनि क्रमश सार्वजनिक गर्दै जाने गायक तथा संगीतकार जनम थुलुङले बताउनुभयो । ‘माम पाप’जनमको दोस्रो एल्बम हो ।
रिलिज कार्यक्रम हिमाल एफ एमको कार्यालय काठमाण्डौमा राखिएको थियो ।