यूटुवमा ‘बालो जोबन’

  हिमाल समाचार
378 Shares

काठमाण्डौँ – केशव गिरीको ‘बालो जोवन’गीत सार्वजनिक गरिएको छ । सुदुरपश्चिम क्षेत्रको लबजमा तयार पारिएको गीतको भिडियो आइतबार ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको छ । गत आइतबार काठमाण्डौको धर्मस्थली क्षेत्रमा छायांकन गरिएको थियो ।

सोझो गाउँलेको गीत, विष्णु भट्टको संगीतमा तयार भएको गीतमा अनु चौधरी र विष्णु भट्टको स्वर सुन्न सकिन्छ । ‘बालो जोवन’गीतको भिडियोमा ४ नयाँ कलाकारले मोडलिङ गरेका छन् । यद्यपी, निर्देशक भने पुराना छन् ।

सांस्कृतिक नृत्यमा माहिर मानिएका याम गुरुङले निर्देशन गरेको भिडियोमा राजु गिरी, जीवन थापा, रक्षा थापा र प्रतिभा ‘रानी’राईले मोडलिङ गरेका छन् । ‘रानी’मिस टिन–२०१९ को विजेता हुन् भने रक्षा रसियामा आयोजित पिन्सेस अफ दी यूनिभर्स – २०१७ की विजेता हुन् । केही महिनाअघि रक्षा अभिनित गीत ‘धेरै पछि’सार्वजनिक भएको थियो । भिडियोलाई महेश महराले खिचेका छन् ।

गीतका प्रस्तुतकर्ता केशव गिरीले भेगीय फ्यूजन गीतमा नयाँ र पुराना कलाकारसंग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अनुभवी निर्देशकको नेतृत्वमा नयाँ कलाकारलाई मोडलिङ गराइएको छ । संभावना र अवसरको मिश्रणले राम्रो नतिजा ल्याउछ भन्नेमा आशावादी छु ।’

निर्देशक याम गुरुङ सुदुरपश्चिमको लवजमा बनेको गीतमा पहिलो पटक काम गर्ने अवसर पाएकोमा खुसी छन् । ‘धेरैजसो मौलिक गीतमा नाच्ने र निर्देशन गरेको मैले सुदुर क्षेत्रको आधुनिक गीतको निर्देशन नौलो छ । तर, भिडियो राम्रो बनेको छ ।

गीतकार सोझो गाउँलेका अनुसार देउडाको मिटरमा लेखिएको गीतलाई संगीत भर्दा व्यवसायीकतालाई पनि ध्यान दिइएको हो । उनले भने, ‘गीत र भिडियोलाई सुदुर क्षेत्रका कान्छा पुस्ताले मन पराउछन् भन्ने आशा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार