पाँच हजारले गरे हलेसी दर्शन

  हिमाल समाचार
532 Shares

हलेसी – त्रि–धार्मिक स्थल हलेसीको आइतबार एकैदिन करिब ५ हजारले दर्शन गरेका छन् ।

लामो समय बन्द रहेर खुलाईएको हलेसी मन्दिरमा कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छर्न तथा दर्शनका लागि एकैदिन करिब ५ हजार दर्शनार्थी हलेसी पुगेको संवाददाता टिवन राईले जानकारी दिए ।

कोरोना महामारीका बिचमा आवश्यक स्वास्थ्यका मापदण्ड पालना गर्दै हलेसीमा दर्शनको व्यवस्था मिलाईएको थियो । विहान हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई र उमेयर बिमला राईले पुजा गरेका थिए ।

दर्शनका लागि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र तराईका विभिन्न स्थानबाट हलेसीमा दर्शनार्थी पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार