दिप्रुङ चुइचुम्मा : प्रशासकीय भवनको शिलान्यास

  हिमाल समाचार  1017 पटक हेरिएको

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले प्रशासकीय भवन शिलान्यास गरेको छ ।

गाउँपालिकाको केन्द्र रहेकै स्थान दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा आज भवन शिलान्यास गरिएको हो ।

गाउँपालिकाको तीन करोड ६४ लाख ६१ हजार ८१९ रुपैयाँमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले संयुक्त रुपमा शिलान्यास गरेको गाउँपालिकाले जनाएको छ ।

भवन रविना–अविसा जेभी काठमाण्डौले बनाउने ठेक्का पारेको छ । जेभीले नौ महिनामा भवन निर्माण गरिसकेर गाउँपालिकालाई बुझाउनुपर्ने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख मुकेश नारायण यादवले बताए । यादवका अनुसार भवन साढे चार तलाको बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार