प्रदेश १ : सोलुखुम्बुका ३ सहित १०२ संक्रमित थपिए

  हिमाल समाचार
189 Shares

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १८९, न्युरो अस्पतालबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा ३०, झापामा २१, इलाममा ९, सोलुखुम्वुमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १३, केराबारीमा ६, सुन्दरहरैचामा ५, रंगेली, बुढीगंगा, रतुवामाई, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १५, धरानमा ११, इनरुवा, बर्जु, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा ६, दमकमा ५, कनकाईमा ३, शिवसताक्षी र भद्रपुरमा २–२, अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकामा १–१, इलामको माईमा ४, सुर्योदयमा २, इलाम नगरपालिका, देउमाई र रोङमा १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ, ते¥हथुमको म्याङलुङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ९८१ पुगेको छ ।

प्रदेश १ मा आज ६४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ६९ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजा २८२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार