सोलुखुम्बु – सोलुखुम्बुमा आगोलागीबाट १० लाख बराबरको क्षति भएको छ । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ (राखोप) स्थित ङवाङ ठिले शेर्पाको घरमा आगोलागी हुदा करिब १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलागीबाट मानवीय र पशुचौपायको क्षति भएको छैन् भने किराना पसलका सामान, लत्ताकपडा, भाडावर्तन, अन्नपात जलेर नष्ट भएको छ । सोमबार अपराहन्न ४ बजेको समयमा घरमा कोृही नभएको समयमा आगोलागी भएको र बाटो हिड्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुग्दा आगो निभिसकेको थियो ।