जनसाँस्कृतिक महासंघ सोलुको एकता भेला सम्पन्न

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु – नेकपा निकट जनसाँस्कृतिक महासंघ सोलुखुम्बुको एकता भेला तथा सपथ ग्रहण र प्रथम बैठक सम्पन्न भएको छ । एकता भेलाले जनसाँस्कृतिक महासंघ सोलुखुम्बु संयोजन समिति र घटक संगठन गठन गरेको छ ।

विशेष खालिङको संयोजकत्वमा २५ सदस्यीय जनसांस्कृतिक महासंघ सोलुखुम्बु संयोजन समिति गठन गरिएको छ । सो समितिमा संयोजक खालिङ पुर्व माओवादीबाट रहेका छन् भने सह–संयोजक सुर्यकुमारी सुनुवार पुर्व एमालेबाट चयन भएकी छिन् ।

भेलाले सोही समिति अन्तरगत ४ वटा घटक संगठन गठन गरेको छ । सिमसन राई संयोजक तथा प्रविण कुलुङको सह–संयोजक रहने गरि चलचित्रकर्मी संघ गठन गरिएको छ भने कुमार प्रयास (भोजकुमार राई)संयोजक तथा बलराम राईको सह–संयोजकमा जनसंगीतकर्मी संघ पनि गठन गरिएको छ ।

नाट्यकर्मी संघ सोलुको संयोजकमा युकराज शर्मा र सह–संयोजकमा पर्वजित राईलाई चयन गरिएको छ । देवकी थुलुङ संयोजक र जंगबहादुर राई सह–संयोजक रहने गरि जनसाहित्य लेखक संघ सोलुखुम्बुको गठन गरिएको जनसाँस्कृतिक महासंघ नेपाल सोलुखुम्बुका ईन्चार्ज गणेशकुमार राईले जानकारी दिए ।

गठित सम्पुर्ण समिति २१ सदस्सीय रहनेछन् । जन साँस्कृतिक महासंघ सोलुखुम्बुको संयोजन समितिका पदाधिकारीहरुलाई जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य खगेन्द्र राईले सपथ ग्रहण गराएका थिए भने घटक संगठनका पदाधिकारीहरुलाई जनसाँस्कृतिक महासंघ सोलुखुम्बुको संयोजन समितिका संयोजक विशेष खालिङले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राई, नेकपा सोलुखुम्बुका जिल्ला अध्यक्ष मानबिर राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार