नेचासल्यानमा जिल्लामै पहिलो पटक किविका लागि कोल्ड स्टोर स्थापना

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा उत्पादित किविफलले बजार नपाईरहेका बेला नेचासल्यान गाउँपालिकाले जिल्लामै पहिलो पटक किवि भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरेको छ ।

पालिकाका किवि कृषकहरुको समस्यालाई मध्यनजर गरि वडा नम्बर १ सल्यानमा ६ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।
बजार नपाएको समयमा भण्डारण गरि बेमौसममा कृषकहरुले उत्पादनको मुल्य पाउन भन्ने लक्ष्यका साथ आधुनिक प्रविधिको विद्युतीय कोल्ड स्टोर निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए

कुलबोट नेपालको प्राविधिक सहयोगमा करिब सवा ३ लाखको लागतमा निर्माण सम्पन्न कोल्ड स्टोरमा पालिका भरिका कृषकहरुले उत्पादन गरिएको किवि भण्डारण पछि बुधबार पािलका अध्यक्ष बाँस्तोलाले उद्घाटन गरे ।

उद्घाटन गर्दै अध्यक्ष बाँस्तोलाले कृषिको आधुनिकिकरण बाट मात्रै ग्रामिण सम्बृद्धि सम्भव भएकाले कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेको बताए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रमेश कुमार राई, वडा नम्बर २ का अध्यक्ष भेषकुमार बाँस्तोला, कार्यपालिका सदस्य जसबहादुर राई लगायतको उपस्थित थियो ।

सो क्रममा अगुवा कृषकहरु प्रेमबहादुर राई, नानिबाबु कोईराला, सुजन राई लगायतले पालिकाले चिस्यान केन्द्र बनाएपछि उत्पादनले मुल्य पाउने
सुनश्चित भएको प्रतिक्रिया दिएका छन् । यो बर्ष नेचासल्यान गाउँपालिकामा ४ टन भन्दा माथि किवि उत्पादन भएको छ ।

पछिल्लो ५ बर्ष यता खेति विस्तार गरिएको किविफलले गतबर्ष देखि उत्पादन दिन शुरु गरेको हो । यो बर्ष कोभिड १९ कोप्रभावका कारण पनि किविले बजार पाउन नसकेको हो ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार