ग्याल्पो लोसारमा अनलाइन शेर्पा कमेडी प्रतियोगिता हुदै

सोलुखुम्बु – बौद्धमार्गीहरुको नयाँ बर्ष ग्याल्पो लोसार २१४८ को अवसरमा अनलाइन शेर्पा कमेडी प्रतियोगिता आयोजना गरिने भएको छ ।
लोकप्रिय कलाकार स्व.साम्दे शेर्पाको स्मृतिमा बिश्व शेर्पा आवाजले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

प्रतियोगीतामा विश्वभरका शेर्पाहरुले सहभागीता जनाउन पाउने आयोजक बिश्व शेर्पा आवाजका संचालक लाक्पा तेन्जी शेर्पाले जानकारी दिनु भएको हो ।
प्रतियोगीताको लागि बढिमा ५ मिनेटको भिडियो सामग्री तयार गरेर भाग लिन सकिने छ । भिडियो सामाग्री २०२१ जनवरी ३१ सम्ममा आयोजकलाई उपलब्ध गराउनु पर्ने छ ।

प्रतियोगितामा बिजेताहरुलाई प्रथम पुरस्कार नगद पचास हजार, द्वितीय पुरस्कार तीस हजार र तृतीय पुरस्कार बीस हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप जानकारी बिश्व शेर्पा आवाजको अधिकारिक पेजमा हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार