सोलुखुम्बु – सोलुखुम्बुका तीन स्थानमा नेपाल टेलीकमका टावर सञ्चालनमा आएका छन् ।
करिब डेढ वर्ष अघि निर्माण थालिएका तिन स्थानका टावर निर्माण भई सञ्चालनमा आएका हुन् । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु, लिखुपिके गाउँपालिकाको गोली, र थुलुङ दुधकोशी गाउँपालिकाको जुबु बलंगामा टावर सञ्चालनमा आएका हो ।
सञ्चारको समस्या भोग्दै आएका बलङगा, गोली, र टाक्सीन्दु लगायतका स्थानका नागरिकलाई टावर सञ्चालनमा आएको सहजता भएको छ । सञ्चालनमा आएका टावरबाट टुजि सेवा प्रदान गरिएको नेपाल टेलीकम सल्लेरीले जनाएको छ ।
त्यस्तै, माप्य दुधकोशीको वाकु, खरिखोला र नेचासल्यान गाउँपालिका २ सल्यानमा टावर निर्माण गरिएको छ । उक्त टावर सञ्चालनका विद्युतिकरणको काम भईरहेको टेलीकमको भनाई छ । बाँकि काम द्रुत गतिमा सम्पन्न गरि सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ ।