सोलुखुम्बु – सोलुखुम्बुको लोखिममा ११८ जना नेकपा प्रवेश गरेका छन् ।
थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम नेकपा वडा पार्टी कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी ११८ जना नेकपा प्रवेश गरेका हुन् ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई, प्रदेश सांसद उत्तम कुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, जिल्ला समन्वय समितिका उपप्रमुख धर्मराज बन लगायतको उपस्थितीमा भएको कार्यक्रममा उनिहरु नेकपा प्रवेश गरेको प्रबक्ता भुपाल सिंह राईले जानकारी दिए