दिक्तेल नगरको प्रशासनिक भवन उद्घाटन

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवनको उद्घाटन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएको भवनको बिहीबार उद्घाटन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको जग्गामा निर्माण भएको भवन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, १ नम्बर प्रदेश सरकारको निर्णय, नगरसभा र कार्यपालिकाको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले भोगाधिकार हस्तान्तरण गरेपछि भवन निर्माण गरि उद्घाटन गरिएको हो ।

साढे २ करोडको लागतमा बनाईएको ५ तले भवनको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । जिल्लामा जनताले अनुभुति गर्ने हिसाबले काम गरेको भट्टराईको भनाई छ ।

यसअघि यो नगरपालिकाले वार्षिक १६ लाख ८५ हजार भाडा तिरेर व्यक्तिको घर भाडामा लिएर दैनिक सेवा प्रवाह गर्दै आएको थियो । यो समस्या अब हटेको मेयर दिपनारायण रिजालले बताए । नयाँ भवनबाट स्वास्थ्य शाखा बाहेकका सम्पूर्ण काम कारवाही एकै स्थानबाट हुने उनको भनाई छ ।

नगरपालिकाकी उपमेयर विणादेवी राईले चुनौतिका बाबजुत पनि काम गर्दै आएको बताँउदै सफलता हाल पर्नुमा नगरबासीको सहयोग पनि प्रसंसा गरिन । नगरपालिकाले विकासमा फड्को मारेको उपमेयर राईको दाबी छ । उद्घाटनपछि भवन निर्माण कम्पनी शिवखिम्ती कन्ट्रक्सन प्रालिले नगरपालिकाका मेयर रिजाललाई चाबी हस्तान्तरण गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार