सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ स्थित डिकुवाका ४ सय ३० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।
अन्य वडाको तुलनामा भौगोलिक विकटता र उत्पादन कम हुने वडा भएकाले नेपाल बौद्ध माहायान केन्द्र गोन्पाको सहयोगमा डिकुवाका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् ।
डिकुवामा जम्मा ५ सय ८० घरधुरी रहेका छन् । जनप्रतिनिधि, शिक्षक र कर्मचारी भएका घरधुरीलाई भने खाद्यान्न वितरण नगरिएको उपमेयर राईको भनाई छ ।
४ सय ३० परिवारलाई ३० केजी चामल, १ लिटर खानेतेल र एक केजी नुन वितरण गरिएको छ । खाद्यान्न वितरण कार्यक्रममा नगरपालिकाका मेयर इबन राई, उपमेयर राई लगायतको उपस्थिती रहेको थियो ।