प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिए

  हिमाल समाचार
84 Shares

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ ।

प्रदेश १ मा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरंगमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहवी र स्थानीय तह नखुलेका १–१, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार